बजेटमा सहमति नजुटेपछि बागमती प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

बजेटमा सहमति नजुटेपछि बागमती प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेश सभामा पेश भएको आगामी आर्थिक वर्षको बजेटमा सहमति नजुटेपछि बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

बैठक भोलि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

बिहीबार बिहान बजेटमाथिको छलफलका लागि बोलाइएको बैठकमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सहमतिको प्रयास भएकोमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको छ ।

बैठकको सुरुमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बोल्नका लागि विशेष समयको माग गरेका थिए । उनले बजेट पुनर्लेखन गर्नुपर्ने माग राखेका छन् । माग पूरा नभएसम्म सदनमा बजेटमाथिको छलफल अगाडि नबढ्ने चेतावनी समेत उनले दिए ।

सभामुख भुवनकुमार पाठकले सदन सञ्चालन गर्ने प्रयास गरे पनि कांग्रेस सांसदहरूले नाराबाजी गरेपछि ३ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । सहमतिको प्रयास विफल भएपछि शुक्रबार बिहानसम्मका लागि बैठक स्थगित भएको छ ।

सरकारले असार १ गते प्रदेशसभा बैठकमा आगामी वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ ।