काठमाण्डु– लगातारको वर्षासँगै पानीको सहत बढेपछि काठमाण्डु उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला किनारमा यातायात सञ्चालन र हिंडडुल गर्न रोक लगाएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवतजावतमा रोक लगाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालय अगाडिको पुल पानीले ढाकेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा सर्वसाधारणलाई करिडोर हुँदै यात्रा नगर्न माइकिङमार्फत सचेत गराइएको जानकारी दिए ।
यस्तै प्रहरीले बगाउन सक्ने भन्दै नदी तथा खोला किनारमा पार्किङ गरिएका सवारी साधन हटाउन भनेको छ ।




प्रतिक्रिया