बागमतीका मुख्यमन्त्री जमकटेलले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री जमकटेलले पाए विश्वासको मत


काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले विश्वासको मत पाएका छन् । कूल ११० सदस्यीय प्रदेश सभामा उनले १०५ सांसदको मत पाएका छन् ।

मुख्यमन्त्रीको पक्षमा १०५ मत र विपक्षमा ३ मत खसेको प्रदेशसभाका सभामुख नभुव पाठकले बताए । एक सांसद अनुपस्थित थिए ।

मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिएका हुन्।कांग्रेसले विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने बताएको छ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने छ दलमध्ये जमकटेललाई पाँच दलले विश्वासको मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीले विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।