बागमती नदीमा सडेको अवस्थामा शव भेटियो

बागमती नदीमा सडेको अवस्थामा शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको बागमती नगरपालिकामा खोलाले बगाएर ल्याएको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

बागमती नगरपालिका-७ स्थित वाग्मती नदीको बगरमा नाम, थर, वतन नखुलेको करिब ५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

बाढीले बगाएर लयाएको अवस्थमा शव सडेको अवस्थामा फेला परेको कुँवरले बताए ।

उचाइ पाँच फिट तीन इन्च र कम्मरमा गम्छा बेरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।