काठमाण्ड – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चार मन्त्रीले दिएको राजीनामा स्वीकृत नै नगरी सिधै पदमुक्त गरेका छन्।
नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) अनुसार मुख्यमन्त्री लामाले चार मन्त्रीलाई पदमुक्त गरेका हुन् । शुक्रबार राति मुख्यमन्त्री लामाले राजीनामा दिएको भनिएका चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले शुक्रबार दिउँसो राजीनामा दिएका थिए।
राजीनामा दिएकासहित कांग्रेस सांसदहरूले भने उनलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।
आफूलाई असहयोग गरेपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुलाई पदबाट हटाएको बुझिएको छ ।





प्रतिक्रिया