माओवादी बागमतीमा नेतृत्व चयनका लागि क–कसले दिए उम्मेदवारी ? (सूचीसहित)

माओवादी बागमतीमा नेतृत्व चयनका लागि क–कसले दिए उम्मेदवारी ? (सूचीसहित)


काठमाण्डु – नेकपा माओवादी केन्द्रको बागमती प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । सोमबार भएको निर्वाचन कार्यक्रम अनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले दावी प्रस्तुत गरेका छन् ।

त्यस्तै तीन उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ । दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान (मदन), शिव कोइराला, श्रीगोविन्द महर्जन, प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर विक र अमरबहादुर विश्वकर्माले उपाध्यक्षमा दावी पेश गरेका हुन् ।

एक जना सचिवका लागि चार जनाको उम्मेदवारी परेको छ । जसमा धर्म महर्जन, रामचन्द्र अधिकारी, इन्द्रबहादुर थिङ (छिन्ताङ) र अन्जानकुमार तिमिल्सिना रहेका छन् ।

सहसचिव तीन पदका लागि १० जनाको उम्मेदवारी परेको छ । सहसचिवमा द्रोणबाबु शिवाकोटी, महेश्वर फुयाल, दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने, नवराज ढुंगाना (विश्वास), प्रकाश श्रेष्ठ, परशुराम रिमाल, शिवबहादुर काती, सञ्जय लामा र लालकुमारी पुनको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै एक कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवरी परेको छ । जसमा तोत्रकुमारी अधिकारी (इन्दिरा), विदुर खड्का र संगीता भट्टराईले दावी पेश गरेका हुन् ।