बागमती प्रदेशसभाको बैठकमा एमाले नजाने

बागमती प्रदेशसभाको बैठकमा एमाले नजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशसभाको बिहीबार बस्ने बैठकमा नेकपा एमाले उपस्थित नहुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रस्ताव गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढाउन आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा बैठकमा एमालेकै सांसदहरू उपस्थित नहुने भएका हुन्।

एमाले सांसदहरुले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशनको कारण देखाउँदै बिहीबार बस्ने भनिएको प्रदेशसभा बैठक सार्न प्रदेशसभाका सभामुखलाई पत्र पठाएको थियो ।

एमालेले बिहीबारको बैठक सार्न लिखित रूपमा आग्रह गरे पनि हालसम्म बैठक सार्ने बारेमा कुनै निर्णय नभएको प्रदेशसभाको सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।

सचिव खड्काका अनुसार प्रदेशसभा बैठक बसेमा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढ्नेछ ।