काठमाण्डु – बागमती प्रदेशसभाको बिहीबार बस्ने बैठकको समय सारिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको हो ।
उक्त बैठकको समय सारिएपछि नेकपा एमालेका सांसदहरु पनि सहभागि हुने भएका छन् । यसभन्दा अघि एमालेले आजको बैठकमा उपस्थित नहुने जनाएको थियो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक बोलाइएको हो ।
स्रोतका अनुसार मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मतदान हुने सम्भावना भने निकै कम रहेको छ ।




प्रतिक्रिया