काठमाण्डु – बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) ले आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।
नेकपा एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि कांग्रेस र नेकपा (एस) ले आगामी कार्यकालमा सरकारको नेतृत्व नयाँ मुख्यमन्त्रीको कार्यकालका सन्दर्भमा दुई दलबीच सहमति भएको हो।
आज प्रदेशसभामा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु हुँदैछ । यसअघि बुधबार बेलुका काठमाण्डुमा गठबन्धनका शीर्ष नेताबीच नयाँ मुख्यमन्त्रीको कार्यकालका सन्दर्भमा दुई दलबीच सहमति भएको हो ।
गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।




प्रतिक्रिया