वाग्मती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन

वाग्मती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले राजेन्द्र पाण्डेलाई वाग्मती प्रदेशसभाको संसदीय दलको नेता चयन गरेको छ ।

आइतबार बसेको पार्टीको संसदीय दलको बैठकले पाण्डेलाई दलको नेता चयन गरेको हो । निर्वाचन आयोगले वाग्मती प्रदेशमा दलको मान्यता दिएपछि दलको नेता चयन गरिएको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले बताएका छन् । वाग्मतीमा एकीकृत समाजवादीका १३ सांसदले मान्यता पाएका छन् ।