काठमाण्डु – बागमती प्रदेश सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनका लागि समन्वय समिति गठन गरेको छ । मंगलबार बसेको बागमती प्रदेश गठबन्धनको बैठकले केन्द्रको सिको गर्दै सरकार संचालन समन्वय कार्य समिति गठन गरेको हो ।
नेकपा माओवादी केन्द्रका युवराज दुलालको संयोजकत्वमा माओवादीका तर्फबाट बुद्धिमान माझी, नेपाली कांग्रेसका तर्फबाट प्रभात तामाङ र राधा घले र नेकपा एकीकृत समाजवादीबाट माधव पौडेल र मिना ज्ञवाली चयन भएका छन् ।
गठबन्धनबीच न्युतम साझा कार्यक्रम तयार गर्ने, गठबन्धनबीच सहमती सहकार्य र समझदारी कार्यक्रम कार्यान्वयन गर्ने, प्रभावकारी र भ्रष्टाचार शून्य बनाउने उदेश्यले समिति गठन गरिएको बाग्मती प्रदेशका प्रवक्ता प्रभात तामाङले जानकारी दिए ।
अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि हाल बाग्मतीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार छ । यसअघि केन्द्र सरकारले पनि सरकार सञ्चालन गर्नका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ ।




प्रतिक्रिया