काठमाण्डु – सरकारले वागमती प्रदेश प्रमुख परिवर्तन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख विष्णु प्रसाईलाई हटाएर उनको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
एमाले फुटाएर नयाँ दल दर्ता गर्नेबित्तिकै गठबन्धन सरकारले माधव नेपाललाई सत्तामा जिम्मेवारी दिन शुरू गरेको हो । शर्मा माधव नेपालनिकट हुन् ।
माधव नेपालका सदावहार सहयोगी शर्मालाई उनले राजदूत बनाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले शर्माको साटो माधव नेपाल निकटकै एमाले नेता बंशीधर मिश्रलाई बंगलादेशको राजदूत बनाएका थिए ।
पदमुक्त भएका विष्णु प्रसाई पनि एमालेकै नेता हुन् । गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।




प्रतिक्रिया