काठमाण्डु – नेकपा एमाले वागमती प्रदेशले स्पष्टीकरण सोधिएका माधवकुमार नेपाल समुहका १४ सांसदलाई कारबाही नगर्ने भएको छ।
शनिबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकमा नेपाल समूहका १४ सांसदलाई कारबाही नगर्नेबारे लिखित जानकारी दिइएको हो । प्रदेश सभा सदस्य रचना खड्काले प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने विषयमा छलफल गर्न बसेको दुवै पक्षका सांसदको बैठकमा सो जानकारी दिइएको बताइन् ।
बागमती प्रदेशमा ६ जेठमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमाले उम्मेदवार तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई मत नदिएको भन्दै प्रदेश संसदीय बोर्डले १४ सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
बोर्डको निर्णय अनुसार, नेपाल पक्षका सांसदहरू अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोधिएको थियो ।




प्रतिक्रिया