बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार बसेकाे प्रदेशसभा बैठकमा बहुमतले पारित भएको हो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सरकारको उक्त नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसद्मा पेश गरेका थिए । सभामुख श्रेष्ठले पेश गरेकाे नीति तथा कार्यक्रम स्वीकृत भएपछि बागमती प्रदेशसभा बैठक आगामी असार १ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।