मुख्यमन्त्री बनेकाे ७१ दिनमै अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा

मुख्यमन्त्री बनेकाे ७१ दिनमै अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतको प्रस्तावमा मतदान हुने कार्यशूची तय थियो । तर मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि सोझै राजीनामाको विकल्प राजेकी हुन् ।

गत २ भदौमा मुख्यमन्त्री भएकी विपक्षीले विरुद्धमा गठबन्धन बनाएपछि ७१ दिनमै उनी बाहिरिनु परेको हो ।