बागमती प्रदेश सभाको नयाँ भवन २७ साउनबाट सञ्चालनमा आउने (तस्बिरसहित)

बागमती प्रदेश सभाको नयाँ भवन २७ साउनबाट सञ्चालनमा आउने (तस्बिरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेश सभाको बहुप्रतिक्षित भवन २७ साउनदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।

प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार २७ साउनमा बस्ने प्रदेश सभाको बैठक पहिलोपटक नयाँ भवनमा बस्नेछ ।सो दिन बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

सचिव पौडेलले बताए अनुसार सभा हलको भित्री सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने माइक र जेनेरेटर जडानको अन्तिम तयारी भइरहेको छ । ‘माइक र जेनेरेटरको काम सोमबारसम्म सकिन्छ । त्यसपछि २७ गतेको बैठक नयाँ भवनबाटै सञ्चालन हुनेछ,’ पौडेलले भने ।

यो भवनको शिलान्यास १० मंसिर २०७७ मा भएको थियो । झन्डै साढे चार वर्षको प्रतीक्षापछि निर्माण सम्पन्न भएको यो अस्थायी भवन सञ्चालनमा आएसँगै प्रदेश सभाको बैठक र कार्यसञ्चालन थप सहज हुने सचिवालयको विश्वास छ ।