दिउँसाे २ बजेका लागि बाेलाइएकाे वाग्मती प्रदेशसभाको बैठक स्थगित

दिउँसाे २ बजेका लागि बाेलाइएकाे वाग्मती प्रदेशसभाको बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रचण्ड–माधव नेपाल समूहका ४५ जना सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको बैठक बस्न सकेको छैन् ।

यसअघि गत माघ १९ गतेका लागि तोकिएको बैठक फागुन ५ गतेसम्मका लागि स्थगित गरिएको थियो । प्रचण्ड–नेपाल समूहका सांसदहरुले पुस १० गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि माघ ९ गते उक्त प्रस्ताव टेबुल गरिए पनि छलफल हुन पाएको छैन् ।