बागमती प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन, को–को बने नयाँ मन्त्री ?

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन, को–को बने नयाँ मन्त्री ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे( नुवाकोट), सरेश नेपाल( सिन्धुपाल्चोक), चन्द्र लामा ( काभ्रे ) र सरस्वती बस्नेत(दोलखा) रहेका छन् ।

त्यस्तै राज्यमन्त्रीमा डा रामकुमार अधिकारी( धादिङ), प्रदीप कटुवाल( सिन्धुली), जुनेली श्रेष्ठ(काठमाण्डु) रहेका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले सपथ ग्रहण गराउने भएका छन् । मुख्यमन्त्री पौडेलले दुई वर्ष पूरा भएका मन्त्रीलाई बिदा गरेर नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।