वागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई पदमुक्त, यादव चन्द्र शर्मा नियुक्त

वागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई पदमुक्त, यादव चन्द्र शर्मा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई पदमुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसाईलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेकी हुन् ।

त्यस्तै बागमती प्रदेशको प्रदेश प्रमुखमा यादव चन्द्र शर्मा नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।