बागमती प्रदेशमा ९ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

बागमती प्रदेशमा ९ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । मुख्यमन्त्री लामाको सिफारिसमा ९ मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री लामाले एमालेका ६ र कांग्रेसका ३ नेतालाई मन्त्री बनाएका हुन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् । उ

कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मधुकुमार श्रेष्ठले विनाविभागीय मन्त्रीको शपथ गरेका छन् ।

१३ मन्त्रालय रहेको बागमती प्रदेशमा कांग्रेसको भागमा मुख्यमन्त्री कार्यालयसहित ७ र एमालेको भागमा भौतिक पूर्वाधार विकास मन्त्रालयसहित ६ वटा मन्त्रालय परेका छन् ।

कांग्रेसमा विवादका कारण मन्त्रिपरिषद्मा पठाउने सबै मन्त्री र उनीहरूको कार्यविभाजन टुंगो लाग्न सकेको छैन ।