देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन् ।

लामालाई शुक्रबार निवासमा बोलाएर देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्न र लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्विकार गर्न निर्देशन दिएका थिए ।

देउवाले लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न र विवाद धेरै नलम्ब्याउन निर्देशन दिएका हुन् ।

‘पार्टीभित्रको विवादले कसैलाई फाइदा पुग्दैन, दुवै पक्ष मिलेर जानूस्,’ लामालाई सभापति देउवाले दिएको निर्देशन उद्धृत गर्दै एक नेताले भने ।

देउवासँगको भेटपछि लामाले निकट नेताहरूसँग छलफल गरेर निर्णय लिने मनस्थिति बनाएका छन् ।