काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल–खलिफाले ल्याएको कोरोना भाइरसविरुद्धको खोपका विषयमा छानबिन गर्न निर्देशन दिएको छ ।
बहराइनका राजकुमारले अस्ट्राजेनेकाको दुई हजार डोज खोप लिएर सोमबार नेपाल आएका थिए । उनी समगरमाथा आरोहणका लागि नेपाल आएका हुन् ।
सरकारको पूर्वस्वीकृति नलिई खोप ल्याएको भन्दै मन्त्रालयले छानबिन गर्न निर्देशन दिएको मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।
बहराइनका राजकुमारले गोरखा जिल्लाका केही मानिसलाई त्यो खोप दिन चाहेको बहराइन दूतावासले जनाएको छ । मन्त्रालयले औषधि व्यवस्था विभागलाई सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएको छ । विभागले पनि खोपबारे थप अध्ययन सुरु गरिसकेको छ ।




प्रतिक्रिया