बहराइनका राजकुमारले चढे मनास्लु हिमाल


काठमाण्डु – बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमाल आरोहण गरेको छ । बिहीबार राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको हो ।

बिहीबार बिहान ७ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको पर्यटन विभागकी मिरा आचार्यले जानकारी दिइन् ।

राजकुमारसहित ५० जनाको उक्त आरोहण टोली गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement