बहुउपयोगी बन्दै बायोग्यास


काठमाडौँ – नगरको फोहोर गाईबस्तुको मललगायतका वस्तुबाट ग्यास उत्पादन गरी सिलिन्डर र पाइपबाटै बजार टोलमा बायोग्यास र कृषकलाई प्राङ्गारिक मल पुराउने लक्ष्यसाथ देशभर निर्माण थालिएका एक दर्जन ठूला बायोग्यास प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

कतिपयले त उत्पादनसमेत थालिसकेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैङ्कको आर्थिक सहायतामा देशभर साढे चार सयभन्दा धेरै आयोजना बनिरहेको केन्द्रले छ । परियोजनाअन्तर्गत अहिलेसम्म ठूला र नगर फोहोरका १६५ र संस्थागत तथा सामुदायिक तीन सय आयोजना निर्माण गरिएको केन्द्रले जनाएको छ ।

यीमध्ये व्यावसायिक प्रयोजनका एक हजार पाँच सय घनमिटर क्षमताभन्दा ठूला १२ आयोजना आकर्षक आयोजना छन् । चार प्लान्टबाट ग्यास, मल तथा विद्युत्समेत उत्पादन सुरु भएको छ ।

केन्द्रको ४० प्रतिशत अनुदान सहायतामा बनेका चार हजार घनमिटर क्षमताको गण्डकी ऊर्जा प्रालि (पोखरा), तीन हजार सात सय घनमिटर क्षमताको एनभी पावर इनर्जी, यस्तै १५ सय घनमिटरको दोस्रो प्लान्ट र तीन हजार पाँच सय घनमिटर क्षमताको खिलुङ कालिका एग्रो फार्म (स्याङ्जा)ले उत्पादनसमेत थालेको बायोग्यास विस्तार कार्यक्रमका कार्यक्रम अधिकृत अनुपम भुसालले जानकारी दिनुभयो । याे समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement