बाइडेन र जेलेन्स्कीबीच के विषयमा छलफल भयो ?


न्युयोर्क – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँग “केबल शान्ति“ भनेको आफ्नो देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नभएको बताए । आफ्ना छोराछोरी गुमाउने आमाबाबुका लागि त्यो शान्ति हुन नसक्ने उनले बताएका छन् ।

अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसको पत्रकार सम्मेलनमा देखा पर्दै उनले सो धारणा राखेका हुन् । ‘मलाई थाहा छैन शान्ति भनेको के हो’, उनले हजारौंको ज्यान लिने, लाखौंलाई विस्थापित गर्ने र सहरहरू ध्वस्त पारेको द्वन्द्व अन्त्य गर्ने उचित उपाय के हो भन्ने प्रश्नको जवाफमा भने, ‘यो एकदमै दार्शनिक वर्णन हो। यदि त्यहाँ न्यायसंगत युद्ध हो भने, मलाई थाहा छैन । ’

उनले अगाडि थपे, ‘राष्ट्रपतिको हैसियतमा मेरो लागि शान्ति भनेको मेरो देशको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता हुँदैन।’ आफ्ना छोराछोरी मारिएका आमाबुवाका लागि कसरी न्यायपूर्ण शान्ति हुन सक्छ भन्ने आफूले नदेखेको उनले बताए ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले जेलेन्स्कीलाई उनी एक्लै नभएको बताएका थिए । सम्बोधनमा वाइडेनले भने, ‘तपाई कहिल्यै एक्लै खडा हुनुहुनेछैन ।’

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधवार रुसको आक्रमण पछि आफ्नो पहिलो उनिले युक्रेनलाई नयाँ मिसाइल प्रतिरक्षा प्रणालीसहित दीर्घकालीन अमेरिकी समर्थनको वाचा दोहोराए । युक्रेनी राष्ट्रपतिले बाइडेन, अमेरिकी कांग्रेस र आम अमेरिकी समर्थनको प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement