वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ स्वास्थ्य संस्था सूचीकृत (नामसहित)

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ स्वास्थ्य संस्था सूचीकृत (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ। सूचीकृत्तका लागि आवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड पूरा गरेका ५१ स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले गत चैत १३ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकणका लागि आह्वान गरेको थियो। कामदारको स्वास्थ्य परीक्षण गर्न राजधानीका नाम चलेको ठूला अस्पतालसमेत सूचीकरणमा परेका छन्।

नक्खुस्थित नेपाल मेडिसिटी अस्पताल, त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल, माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल, बानेश्वरस्थित एभरेष्ट अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, धापासीस्थित ग्रीनसिटी अस्पताल, पोखरास्थित सनसाइन हेल्थ केयर सेन्टर, विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज, टिचिङ हस्पिटल एण्ड रिसर्ज प्रालि, भरतपुरस्थित चितवन मेडिकल कलेज प्रालिलगायत ठूला अस्पताल पनि सूचीकृत भएका छन्।

पछिल्लो समय नेपालकै ठूला मानिएका अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्न चासो देखाएकाले ‘रिपोर्ट’ वास्तविक आउने र कुनै कामदार विदेश गइसकेपछि स्वास्थ्य समस्याका कारण स्वदेश फर्कन नपर्ने मन्त्रालयको विश्वास छ। मन्त्रालयले सूचीकरणमा परेका स्वास्थ्य संस्थालाई सात दिनभित्र धरौटी रकम र सूचीकरण शुल्क बुझाउन आग्रह गरेको छ।

 छनौटमा परेका स्वास्थ्य संस्था