काठमाण्डु – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण योजनामा सरकार रहेको बताएका छन्र ।
यही मङ्सिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम सम्झौतासम्बन्धी संयन्त्र नेपाल–कतार संयुक्त कार्यसमितिको बैठक तयारीका सिलसिलामा सरोकारवालाहरूसँग भएको छलफलमा उनले विदेशमा श्रम गरेर फर्केकाहरूलाई त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनःएकीकरण योजना सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।
वैदेशिक रोजगार व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाप्रति असन्तुष्टि जनाउँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी कानुनको कडाइका साथ कार्यन्वयन गरिने दृढता व्यक्त गरे । उनले ‘भिजिट भिषा’मा नेपालीलाई विदेश पठाउन सघाउने वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गर्ने चेतावनी पनि दिए।




प्रतिक्रिया