दुबई लैजान ६ लाखसम्म मागेकाे उजुरी परेपछि एयर किङ्ग्समा वैदेशिक रोजगार विभागकाे छापा

दुबई लैजान ६ लाखसम्म मागेकाे उजुरी परेपछि एयर किङ्ग्समा वैदेशिक रोजगार विभागकाे छापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–ललितपुरमा रहेकाे मेनपावर कम्पनी ‘एयर किङ्ग्स प्लेसमेमन्ट प्रालि’मा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

उक्त कम्पनीले नियम विपरीत दुबईमा कामदार पठाउन अन्तरवार्ता लिइरहेको उजुरीको आधारमा शुक्रबार विभागले छापा मारेको हो ।

दुबईको ‘स्पार्क सेक्युरिटी गार्ड’का लागि कामदारको माग भएको भन्दै कम्पनीले ललितपुरसहित देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयबाट युवाहरु जम्मा गरेर ५ देखि ६ लाख रुपैयाँसम्म माग गरेको खुल्न आएको विभागका एक अधिकारीले जानकारी दिए । युवाहरूले विभागमा दिएको उजुरीका आधारमा छापा मारिएको हो ।

विभागको टोलीले कागजात, केही थान पासपोर्ट र कम्युटरसमेत नियन्त्रणमा लिएको छ । मेनपावरले २ सय जनाका लागि डिमाण्ड आएको भनेपनि त्यसको नेपाली दूतावास र कुनै पनि निकायबाट प्रमाणीकरण नगराएको देखिएको विभागले जनाएकाे छ ।