वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख राहत पाउने

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख राहत पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले वैदेशिक रोजगारी गएर मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ । यसअघि ७ लाख पाउँदै आएका मृतक श्रमिकका परिवारले अब १० लाख रुपैयाँ राहत पाउने भएका हुन् ।

गत असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम बढाएको हो ।

वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

२०८० साउनमा श्रममन्त्री शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको २१ औ बैठकले राहत रकम वृद्धि गर्ने प्रस्ताव गरेको थियो ।