काठमाडौं – वैदेशिक रोजगार बोर्डमा दुई जना विज्ञ नियुक्त भएका छन् ।
आइतबार श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बोर्डमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तथा एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङ र नेपाली स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई विज्ञका रुपमा नियुक्त गरेका हुन् ।
खड्का वैदेशिक रोजगार विशेषज्ञको कोटबाट मनोनयन भएका हुन् भने गुरूङ तालिम सेवा प्रदायकका तर्फबाट मनोनित भएका हुन् ।
गुरुङ र खड्का पटक–पटक विवादमा मुछिँदै आएका व्यावसायी हुन् । गुरुङ सञ्चालक रहेको एसओएस म्यानपावरले सयौं कामदारलाई ठगेको उजुरी छ ।
त्यस्तै स्वास्थ्य व्यवसायी खड्का तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको पालामा मलेसिया जाने कामदारमाथि ठगेको आरोप लागेका व्यक्ति हुन् ।




प्रतिक्रिया