व्यवसायीले थाले आन्दोलन, ७ दिनसम्म विदेशिने कामदारको टिकट नकाट्ने

व्यवसायीले थाले आन्दोलन, ७ दिनसम्म विदेशिने कामदारको टिकट नकाट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगार व्यवसायी संघले रोजगारमा जाने कामदारका ७ दिन टिकट नकाट्ने भएका छन् ।

सरकारसँग राखेका ५ बुँदे माग पुरा नभएको भन्दै व्यवसायीले आजदेखि ७ दिन कामदारलाई विदेश पठाउन रोकेले जनाएको छ ।

गएको जेठ ३ गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष भेलाले सरकारलाई सात बुँदे माग राख्दै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका थियो ।

संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको ब्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसियासँग भएको समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर कामदारलाई मलेसिया पठाउने प्रक्रिया सुरु गर्नुपर्ने माग गरेको छ ।

 यस विषयमा केही पनि जानकारी नभएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।