काठमाण्डु – निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल आफूविरुद्धको भ्रष्टाचार मुद्दामा बयान दिन विशेष अदालतमा हाजिर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ३५ दिनपछि उनी विशेष अदालतमा हाजिर भएका आर्यालले अहिले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा बयान दिइरहेका विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
बयान सकिएपछि अर्याललाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुने अदालतले जनाएको छ ।
अर्यालमाथि निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो ।




प्रतिक्रिया