भ्रष्टाचार मुद्दामा सफाइ पाइसकेका पूर्वमुख्यसचिव अर्याल राजीनामा दिने तयारीमा

भ्रष्टाचार मुद्दामा सफाइ पाइसकेका पूर्वमुख्यसचिव अर्याल राजीनामा दिने तयारीमा

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भ्रष्टाचार मुद्दाबाट सफाइ पाइसकेका पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने तयारी गरेका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिने फैसला गरेको थियो ।

भ्रष्टाचारको आरोप लागेर स्वतः निलम्बनमा परेका अर्यालले सफाइ पाइसकेपछि राजीनामा दिने मनस्थिति बनाएका उनीनिकट स्रोतले जनाएको छ ।

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते दायर गरेको मुद्दामा विशेष अदालतले कात्तिक दोस्रो हप्ता उनलाई सफाइ दिएको छ ।

स्वतः निलम्बनमा परेका अर्याललाई असार १० गतेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको कार्यालयमा विशिष्ट श्रेणीको मुख्यसचिवसरह पद सिर्जना गरेर सरुवा गरेको थियो । सफाइ पाइसकेपछि सेवामा फर्किने ढोका खुला हुँदाहुँदै पनि उनी राजीनामा दिने मनस्थितिमा पुगेका जनाइएको छ । सरकारी सेवामा अर्यालको अझै १ वर्ष पदावधि बाँकी छ ।

उनी निलम्बनमा परेपछि सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाएको थियो । त्यसपछि भदौ १३ गतेदेखि एकनारायण अर्याल मुख्यसचिव छन् । मुख्यसचिव अर्यालले सन्तोषजनक काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट रहेका स्रोतले जनाएको छ ।