अजित डोभालजस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार बन्दै शंकरदास वैरागी

अजित डोभालजस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार बन्दै शंकरदास वैरागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मुख्यसचिव शंकरदास वैरागी प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा सल्लाहकार बन्ने भएका छन् । राष्ट्रिय सुरक्षा परिषदको बैठक आजै बसेर उनलाई सुरक्षा सल्लाहकार बनाउने निर्णय समेत भइसकेको छ ।

भारतिय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालझै वैरागीलाई समेत उक्त अधिकार दिइएको छ । प्रधानमन्त्री कार्यालयमा जारी मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने निर्णय गर्दैछ ।

प्रधानमन्त्री कार्यालयमा रहेका सचिव वैकुण्ठ अर्यालको अहिले मुख्यसचिवमा नियुक्ती हुंदैछ ।