राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले लिए थप सुरक्षाकर्मीको सुविधा


काठमाण्डु – राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको सुरक्षामा सरकारले ठुलो संख्या खटाउने भएको छ । मुख्यसचिव पदबाट राजीनामा दिएर मन्त्रीसरहको सुरक्षा सल्लाहकार खान पुगेका बैरागीको सुरक्षामा सरकारले २ जना नेपाल प्रहरी र ६ जना सशस्त्र प्रहरीको सुरक्षा पाउने भएका छन् ।

यो क्याविनेटमन्त्रीको भन्दा पनि बढी सुविधा हो । परराष्ट्रसचिव हुंदै मुख्यसचिव र अहिले सुरक्षा सल्लाहकार बनेका बैरागीले सुरक्षा सल्लाहकार पद पनि आफै मुख्य सचिव हुंदा बनाएका थिए । त्यति मात्र हैन उनले आफुले पाउने सेवा सुविधा समेत आफै तोकेका हुन् ।

बैरागीको कार्यकाल ५ वर्ष तोकिएको छ । वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउन उनले यो पदसंग सौदावाजी गरेको स्रोतको दावी छ । उनिसंग १ जना पिएसओ साथमा हुनेछन् भने ५ जनाले उनको घरको सुरक्षा गर्नेछ । बैरागीले अवकास पाएपछि पनि दुई जना सुरक्षाकर्मी पाउनेछन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका बैरागीको कार्यालय अहिले सिंहदरबारस्थित पुरानो रक्षा मन्त्रालय रहेको भवनमा छ । उनि नियमितजस्तो कार्यालय आउने गरेपनि खास्सै प्रभावकारी भुमिका भने नेखिएको सुरक्षा परिषद् सचिवालय स्रोत बताउंछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement