काठमाण्डु- प्रतिनिधिसभाको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको हो ।
बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद जोशीले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुरहरु सवार जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको उल्लेख गर्दै पीडितलाई तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेका हुन् ।
चैत २८ गते साँझ जीप दुर्घटना भएको थियो । सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले शवसमेत बुझेका छैनन् । सांसद जोशीले सो समस्या तत्काल समाधान गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
मंगलबार राति जयपृथ्वी राजमार्गको खोडपे-बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका ८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियाे ।




प्रतिक्रिया