बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु


बैतडी – बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दशरथचन्द राजमार्गमा पर्ने पाटन-४ स्थित थूम भन्ने स्थानमा आज बिहान ७ बजेतिर से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

मतपेटिका पुर्‍याएर फर्कँदै गरेको प्रहरी टोली सवार जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement