काठमाण्डु– बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।
बैठकमा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने छन् ।
बैठक बिहीबार दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा बस्दैछ ।
समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले जानकारी दिए ।
मंगलबार र बुधबार तीन दलका शीर्ष नेता बस्ने प्रयास भएको थियो । माओवादी अध्यक्ष प्रचण्ड काठमाण्डु बाहिर रहेकाले छलफल हुन सकेको थिएन।




प्रतिक्रिया