काठमाण्डु– सिंहदरबारमा आगामी चुनावको तयारीबारे राजनीतिक दल र नागरिक प्रतिनिधिहरुसँग छलफल सुरु भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा गृह मन्त्रालय र निर्वाचन आयोगले प्रस्तुतीकरण दिइरहेका छन्।
छलफलको मुख्य एजेन्डा प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापन रहेको छ।
छलफलमा नागरिक समाज, जेनजीका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका अधिकारीहरू, गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीलगायतको सहभागिता छ ।
सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, अन्तर जिल्ला मतदान गराउने, नो भोटको प्रावधान राखने कार्यलाई कानुनद्धारा नै सम्बोधन गर्ने जस्ता विषयमा सरोकारवाला पक्ष, नागरिक समाजका अगुवा, जेनजी र राजनीतिक दलका प्रतिनिधिहरूसँग सुझाव मागेको छ ।
बैठकमा पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले नागरिकहरूमा सन्त्रास रहेको बताए । उनले भने नागरिकमा सन्त्रास छ । यसबाट मुक्ति पाउनुपर्छ अनि निर्वाचन हुन्छ’ ।




प्रतिक्रिया