बझाङमा भानुभक्त जोशीले लिए अग्रता, ऐन महर पछ्याउँदै

बझाङमा भानुभक्त जोशीले लिए अग्रता, ऐन महर पछ्याउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – बझाङमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीले अग्रता लिएका छन् । जोशीले १६३०२ मत पाएका छन् ,भने अहिलेसम्म अग्रता लिइरहेका नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरले १६२५९ मत पाएका छन् ।

मत गणनाको सुरूवाती चरणदेखि नै ऐन महरले अग्रता लिइरहेका थिए । तर पछिल्लो मत गणनामा जोशीले उनलाई पछ्याएका हुन् । जोशीले अग्रता लिएसँगै मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।