सत्यराज सिंह
बझाङ – बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाका सरोकारवालहरुसँग परिचयात्मक तथा छलफल गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीको रुपमा भर्खरै जिल्ला आएका अधिकारीले पहिलो पटक सरोकारवालाहरुसँग छलफल गरेका हुन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल कार्यक्रममा जिल्लाको विकास र अधिल्ला दिनहरुमा जिल्लाको विकासका लागी भएका प्रयासहरुको विषयमा छलफल भएको थियो ।
सो अवसरमा प्रजिअ अधिकारीले भष्टाचार न्युनिकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए । उनले आम नागरिकले महशुस गर्ने गरी जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध मिलाउने, जिल्लाको समग्र विकासको लागि सबै क्षेत्रसँग समन्वय र छलफल गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै छलफल कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र पत्रकारहरुले पनी अघिल्ला दिनहरुमा जिल्लाको समग्र विकासको लागी भएका प्रयासहरुका बारेमा र अधुरा रहेका कामहरुका बारेमा समेत प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।




प्रतिक्रिया