बझाङमा विपद जोखिम न्युनीकरणका लागि अभ्यास गर्दै सुरक्षाकर्मी


सत्यराज सिंह
बझाङ – बझाङमा विपद न्युनीकरणका लागि पूर्वतयारीबारे अभ्यास गरिएको छ ।

सेती नदीमा वर्षेनी नुहाउने, कपडा धुने, माछा मार्ने र पौडिखेल्ने लगायतका क्रियाकलापहरू गर्दा सो अवस्थामा विभिन्न किसिमका दुर्घटना निम्तिन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय बझाङ, सशस्त्र प्रहरी आश्र्रीत गुल्म र जिल्ला अस्पताल सिमखेतको संयुक्त अगुवाइमा पूर्वतयारी र उद्धारबारे अभ्यास गरिएको हो ।

सेती नदीमा गरिएको अभ्यासका क्रममा नदीमा कृत्रिम शव, पानीमा डुब्दा कसरी उद्धार गर्ने कसरी व्यवस्थापन गर्ने लगायतका विभिन्न अभ्यास गरिएको थियो ।सुरक्षा फौजको जिल्ला प्रहरी कार्यालय बझाङको टिम र सशस्त्र प्रहरी आश्र्रीत गुल्मको टिमले शवलाई झण्डै आधा घण्टासम्मको खोजीपछि उद्धार गरी बाहिर निकालेको थियो । अभ्यासका क्रममा शव वा घाइतेहरुलाई नदीबाट उद्धार गरी बाहिर निकालिसकेपछि के–कसरी व्यवस्थापन गरिन्छ भनेर देखाइएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख रुपक खड्काले यदि कुनै दुर्घटना भईहाल्यो भने सुरक्षा फौजको टोलीले सजिलै उद्धार गर्न सक्ने बताए । बझाङमा हरेक वर्ष लुगाकपडा धुदा, पौडिखेल्दा सेतिनदीमा डुब्ने र बग्ने भएकाले त्यसलाइ सजिलै उदार गर्नका लागी सहजहुने समेत खड्काले बताए । विपद कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्वअभ्यास गराइएको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement