कालंगाले बगायो सट्टायको झोलुङ्गे पुल, विजगडा उच्च जाेखिममा 

कालंगाले बगायो सट्टायको झोलुङ्गे पुल, विजगडा उच्च जाेखिममा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – लगातार परेको अविरल वर्षाका कारण कालंगा नदिमा आएको बाढीले बुङगल नगरपालिका ५ सट्टाय स्थित झोलुङ्गे पुल बगाएको छ । तीन दिन देखि परेको भारी वर्षाका कारण विजगडा बजार समेत उच्च जोखिममा रहेको छ । सोमबार बाढीले विराबगर स्थित सम्पूर्ण सामान सहित एउटा घर बगाएको सुरेश कुँवरले जानकारी दिए ।

यस्तै, विजगडाको मोडरे पुलमा गाडी आवतजावत बन्द गरिएको छ । सोही स्थान तम्तोली बगरमा रहेको झोलुङ्गे पुलको एकतर्फी नदिले कटान गरिसकेको उनले बताए । बाग्थला–विजगडा सडक खण्ड अवरुद्ध भएको छ । विजगडा–दहबगर खण्ड अवरुद्ध भएका कारण सवारी आवतजावत ठप्प भएको छ । जसको कारण आजदेखि दहबगरमा सुरु हुने बुङगल क्रिकेट सुपर कप समेत प्रभावित भएको छ ।

नदिमा आएको बाढीका कारण विराबगर, तम्तोली बगर, तिर्थबगर,सट्टाय,मिडी बगर, पाउटा लगायत आसपासका बस्ती र खेतीयोग्य जमिन उच्च जोखिममा रहेका छन् । तीन दिन देखि सञ्चार सेवा पनि पूर्णरुपमा अवरुद्ध भएको छ ।