बझाङ- बझाङ जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई उद्योग बाणिज्य संघ बझाङ्गले दशैं मनाउन खसी ,चिउरा उपहार दिएका छन् ।
बझाङ उद्योग बाणिज्य बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले आईतबार कारागरमै पुगेर खसी,चिउरा प्रदान गरेका हुन् ।
विभिन्न घटनामा संलग्न भएर कानुनबमोजिम कारबाही भोगिरहेका भए पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वको समयमा सम्झिएको अध्यक्ष सुर्मेलीले बताए । ‘तपाईंहरू आवेग, परिबन्द र कानुनी अज्ञानतालगायत कारण भए/गरेका घटनामा संलग्न भएर यहाँ हुनुहुन्छ,’ उनले भने, ‘जेलबाट छुटेपछि नयाँ जीवन लिएर जानुहोस् ता कि फेरि यो जेलमा कोही आउनुनपरोस् ।’ उनले कानुनी राज्यमा कानुनभन्दा माथि कोही हुन नसक्ने पनि स्पष्ट पारे ।
हामी सबैले दशैं बनाउदा उहाहरु पनि मानवनै हुन उहाँको दशैंमा सानो तिनो भोज सरह हुने गरी हामीले बाणिज्य सँघको तर्फबाट खसी सँगै मिठो मसिनो खाने कुरा होस भन्नको लागि सुखमय तरिकाले कारागारमा यातनालाई मलमपट्टीको काम गरेको अनुभुती होस भने बाणिज्य सँघको तर्फबाट दशैं मनाउन भनि खसी दिने निर्णय गरेको सुर्मेलीले बताए ।




प्रतिक्रिया