धनगढी- नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी रमेश भण्डारीलाई पराजित गर्दै सभापतिमा जित हासिल गरेका हुन् । बोहरा ८७७ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिस्पर्धी रमेश भण्डारी ५०८ मत ल्याएर पराजित भए।
यसैगरी उपसभापति बर्क रोकाया र मानबहादुर कठायत विजयी भएका छन्। सचिवमा उत्तम रोकाया र झलक कठायत विजयी भए।
सह-सचिवमा उमाशंकर जोशी र राजेन्द्र धामी विजयी भए। सह-सचिव दलिततर्फ सुनिल दमाई र मङल सुनार विजयी हुँदा पुरुष खसआर्यतर्फ अभिषेक सिंह विजयी भएका छन्।




प्रतिक्रिया