बझाङ – जिल्लाको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्र बनाएर भुकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका भुकम्प बिद दिपक बस्नेतले बताए ।
उनका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक लाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भुकम्प पछि गएका पराकम्पन भन्दा फरक रहेको छ ।
यसरी पटक पटक स–सना पराकम्पन जानु भनेको महाभुकम्पको शक्ति क्षयीकरण हुनु भएकाले यसलाई राम्रो हिसावले हेर्नु पर्ने उनको भनाई छ ।
यसै बर्षको सुरुवातदेखि बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर तिन पटक भुकम्पका धक्का गएको भुकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
नेपाल मै भुकम्पको उच्च जोखिममा रहेको यस जिल्लामा गत बर्ष पनि पटक पटक गरि २७ पटक भुकम्पको केन्द्र बिन्दु बनाएको र पराकम्पन महसुस भएको समेत थियो । भुकम्पले जिल्लामा कुनै क्षति नगरेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया