काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि बझाङमा नेपाली सेनाले आइसोलेसन वार्ड तयार पारेको छ । सेनाले जिल्ला अस्पताल बझाङको सहकार्यमा २० वटा आइसोलेसन वार्ड तयार पारेको हो ।
बझाङमा नेपाली सेना पनि संयुक्त र आफ्नै प्रयासमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्च तयारीका साथ काम गरिरहेको संग्राम शार्दुल गुल्म पानकोटका गुल्मपति तारा बहादुर खड्काले बताए ।
बिदा भएर आउनेलाई अलग्गै क्वारेन्टाइनमा राखिन्छ, बिदा छुट्टी सबै बन्द भइसक्यो, आन्तरिकसँगै बाह्य सावधानी, रोकथाम र नियन्त्रणका लागि सेना पूर्ण तयारीमा रहेको उनले बताए ।’
यस्तै बझाङमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सङ्क्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश भइहाले तत्कालै काम गर्न सक्ने गरी सुरक्षा निकायले एकल तथा संयुक्त प्रयासमा आइसोलेसन वार्ड, क्वारेन्टाइन भवन बनाउनेदेखि हेल्थ डेस्क स्थापना गरेका छन् ।





प्रतिक्रिया