बझाङमा जीप दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ९ जना घाइते

बझाङमा जीप दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ९ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिकास्थित लामाखेतमा जिप दुर्घटना हुँदा उपाध्यक्ष सहित ९ जना घाइते भएका छन् । ०१००१ ज १२२० नम्बरको जीप दुर्घटना हुँदा खप्तडछान्ना गाँउपालिकाकी उपाध्यक्ष पाउसरा थापासहित ९ जना घाईते भएका हुन् ।

घाईते भएका मध्ये नरेन्द्र उपाध्याय र सुमन विक गम्भीर घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरी चौकी छान्नाका ईन्चार्ज भुवन सिंह बोहराले जानकारी दिए । घाइते सबैको उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।