बझाङ – बझाङको डौठीमा जीप दुर्घटना भएको छ । सदरमुकाम चैनपुरनजिकैबाट मष्टा गाँउपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ५जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा ५ जना पुरुष, ३ महिला र एक नाबालिका रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्दार गरी उपचारको लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । जीप सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया