बझाङमा २ लाख नगदसहित ५ जुवाडे पक्राउ

बझाङमा २ लाख नगदसहित ५ जुवाडे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ । बझाङमा २ लाख नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङले आइतबार राति जुवा खेल्दै गरेको अवस्थामा नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको हो ।

जुवा खेलिरहेको अवस्थामा उनीहरुको साथबाट २ लाख १९ हजार ५ सय ७२ रुपैयाँसहित तीन जोडी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए ।

पक्राउ पर्नेमा सुर्मा गाँउपालिका वडा नम्बर १ का २८ वर्षीय देवचन्द बोहरा र ४० वर्षीय मानबहादुर बोहरा, वडा नम्बर २ का ३८ वर्षीय शेरबहादुर बोहरा, हुम्लाको सिमिकोट गाँउपालिका–३ का ३९ वर्षीय फन्जुङ लामा र जयपृथ्वी नगरपालिका–८ का ४० वर्षीय मंगल बोहरा रहेको प्रहरीले जनाएको छ ।